शिक्षक महासंघको शिक्षासँगै अर्थ सचिवसँग भेट, सरुवा कार्यविधि खारेज र ९ बुँदे कार्यान्वयन माग

हिमाल प्रेस ९ मंसिर २०८२ १२:०५ | Tuesday, November 25, 2025
428
SHARES
शिक्षक महासंघको शिक्षासँगै अर्थ सचिवसँग भेट, सरुवा कार्यविधि खारेज र ९ बुँदे कार्यान्वयन माग

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको प्रतिनिधि मण्डलले सोमबार शिक्षा सचिव चूडामणि पौडेल र अर्थ सचिव घनश्याम उपाध्यायसँग भेट गरी शिक्षक कर्मचारीका प्रमुख मागसम्बन्धी विषयमा छलफल गरेको छ।

सचिवहरूसँगको भेटमा महासंघले सरुवा कार्यविधिको खारेज, गत वैशाख १७ गते सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता तथा विद्यालय तहमा देखिएका अन्य प्रशासनिक समस्याहरूका बारेमा ध्यानाकर्षण गराएको जनाएको छ।

महासंघले लामो समयदेखि शिक्षक सरुवासम्बन्धी कार्यविधि अन्यायपूर्ण र व्यवहारिक नभएको भन्दै खारेजको माग गर्दै आएको छ। साथै, सरकारसँग भएको ९ बुँदे सहमति अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै तत्काल कदम चाल्न आग्रह गरेको हो।

प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत विभिन्न घटक संगठनका अध्यक्ष तथा महासचिवहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ९ मंसिर २०८२ १२:०५ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast