कांग्रेस सभापति देउवा थाइल्याण्ड प्रस्थान

हिमाल प्रेस ७ वैशाख २०८२ १५:३७ | Sunday, April 20, 2025
कांग्रेस सभापति देउवा थाइल्याण्ड प्रस्थान

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेका छन्। देउवा आइतबार अपराह्न थाइल्याण्डका लागि प्रस्थान गरेका हुन्।

उनी स्वास्थ्य जाँचका लागि थाइल्याण्ड गएको नेपाली कांग्रेसका मुख्यम सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार सभापति देउवा नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका हुन्। उनको वैशाख १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलले बताए।
‘नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जानु भएको हो। वैशाख १३ गते स्वदेश फर्किने कार्यक्रम छ,’ पौडेलले भने।

सभापति देउवालाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका नेताहरू पुगेका थिए।

प्रकाशित: ७ वैशाख २०८२ १५:३७ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast