सुर्खेतमा छुट्टाछुट्टै सवारी दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते

हिमाल प्रेस २३ साउन २०८१ १८:५८
56
SHARES
सुर्खेतमा छुट्टाछुट्टै सवारी दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- सुर्खेतमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ११ जना विद्यार्थी घाइते भएका छन्। सुर्खेतको लेकवेशी नगरपालिका-३, स्थित काप्रीखोला नजिक मदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा रिक्सा चालकको मृत्यु भएको हो।

बुधबार दिउँसो लेकवेशी नगरपालिका-४, को दशरथपुरदेखि वडा नम्बर-१, लेखफर्सातर्फ जाँदै गरेको मधेश प्रदेश ०३००१ क २४९१ नम्बर को ट्रकले विपरीत दिशाबाट आइरहेको भे १ ह ६६७५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट अटो चालक ४८ वर्षका डिलबहादुर डडालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै बुधबार साँझ विद्यार्थी बोकेर हिँडेको बस दुर्घटनामा परेको छ। वीरेन्द्रनगर नगरपालिका-८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको स्कुल बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।

बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताएका छन्। बस स्कुल बिदा भएर घर फर्किँदै थियो। घाइतेहरूको उद्धार गरी स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए।

प्रकाशित: २३ साउन २०८१ १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast