बारामा बस दुर्घटना, १३ जना घाइते

हिमाल प्रेस २७ असार २०८१ १५:०२ | Thursday, July 11, 2024
बारामा बस दुर्घटना, १३ जना घाइते

काठमाडौँ- बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ। मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी १३ जना घाइते भएका छन्। घाइते सबैको सशस्त्र प्रहरीले उद्धार गरेको छ। उनीहरू मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। बसमा ३१ जना रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरूको उद्धार गरेको थियो। गम्भीर घाइते भएका २ जनालाई तत्कालै उपचारको लागि सिमरा अस्पताल पुर्‍याइएको छ।

प्रकाशित: २७ असार २०८१ १५:०२ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast