पोखरीमा डुबेर एक जनाको मृत्यु

हिमाल प्रेस ९ असार २०८१ १९:४४ | Sunday, June 23, 2024
पोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका-१३, बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले आइतबार फेला पारेको छ।

बागलुङको काठखोला गाउँपालिका-३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका-८ बस्ने २७ वर्षीय सुजन घर्तीको शव फेला परेको हो।

पौडी खेल्ने क्रममा आइतबार दिउँसो ३ बजे पोखरीमा डुबेका थिए। सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनको शव पोखरीबाट बाहिर निकालेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ९ असार २०८१ १९:४४ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast