राष्ट्रियसभामा एमालेले भन्यो : चुच्चे नक्सा नोटमा राख्ने कुराले राष्ट्रपति कार्यालयलाई किन टाउको दुख्यो?

हिमाल प्रेस २८ वैशाख २०८१ १५:१६ | Friday, May 10, 2024
राष्ट्रियसभामा एमालेले भन्यो : चुच्चे नक्सा नोटमा राख्ने कुराले राष्ट्रपति कार्यालयलाई किन टाउको दुख्यो?

काठमाडौँ– राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल नेपालको नक्शा नेपालको नोटमा छाप्ने निर्णयमा आपत्ति जनाएको विषयमा राष्ट्रपति कार्यालयको ध्यानकर्षण गराएका छन्।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले ध्यानाकर्षण गराएका हुन्। उनले आफ्नै देशको नोटमा आफ्नो देशको नक्सा छाप्दा अरुलाई टाउको दुखाइको विषय किन भयो भन्दै आपत्तिसमेत जनाएका छन्।

‘आफ्नै नेपालको नक्शा, नेपालको नोटमा छाप्दा अरुलाई टाउको दुखाइ किन? राष्ट्रपतिका विज्ञ सदस्यले अर्को देशलाई चिढ्याउने काम भयो त भन्ने प्रतिक्रिया दिए भन्ने सुनियो। हाम्रो देशको नोटमा हाम्रो देशको नक्शा छाप्दाखेरी अर्को देश चिढिनुपर्ने कारण के थियो?, ’ उनले भने, ‘उहाँले कुन आशयबाट त्यो भन्नु भएको हो। यदि भन्नु भएको हो भने म राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराउँछु।’

राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णको विरोध गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ।

एमालेको प्रश्न : राष्ट्रियतामाथि धावा बोल्नेलाई राष्ट्रपतिले सल्लाहकार राख्न मिल्छ?

प्रकाशित: २८ वैशाख २०८१ १५:१६ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast