काभ्रेमा बस दुर्घटना, चालकसहित १२ जना घाइते [नामसहित]

हिमाल प्रेस १२ चैत २०८० १२:२७ | Monday, March 25, 2024
काभ्रेमा बस दुर्घटना, चालकसहित १२ जना घाइते [नामसहित]

काठमाडौँ- काभ्रेको बनेपामा बस दुर्घटना भएको छ। काभ्रेको बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सोमबार बिहान १०:३० बजे बनेपा नगरपालिका-१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हाे। बाँसडोलबाट बनेपातर्फ आउँदै गर्दा बस अनियन्त्रित भएकाे थियो। अनियन्त्रित बस स्थानीय शिवप्रसाद ज्ञवालीको घरको गेटमा ठोक्किएको थियो।

३० जना सवार बसका चालकसहित १२ जना घाइते भएको काभ्रे प्रहरीले जनाएको छ। घाइतेको शिरमेमोरीयल अस्पताल बनेपामा उपचार भइरहेको छ।

यी हुन् घाइतेहरू

१) बस चालक जिल्ला सि.पा. बाह्रबिसे न.पा. २ बस्ने बर्ष २५ को मिलन सापकोटा अनुहारमा चोट अवस्था मध्यम रहेको।
२) जि. काभ्रे बनेपा न.पा. १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा माथिको आगाडिपटिको २ वटा दाँत भाच्चिएको अवस्था मध्यम।
३) जि. काभ्रे बनेपा न.पा. १२ बस्ने बर्ष ६१ की देवकी राउत टाउकोमा चोट अवस्था मध्यम रहेको।
४) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ३६ की अनिता कार्की टाउकोमा चोट अवस्था मध्यम रहेको।
५) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष३९ की मिनु कार्की दाया खुट्टामा चोट अवस्था सामान्य।
६) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ३९ की प्रिया भुजेल अनुहार र कम्भरमा चोट मध्यम रहेको।
७)जि. काभ्रे बनेपा न.पा. १२बस्ने बर्ष २४ की रिता भुजेल बाया खुट्टामा चोट अवस्था सामान्य।
८) जि. काभ्रे बनेपा न.पा. १२. निजको छोरी ११ महिना की बिन्दा भुजेल टाउकोमा चोट अवस्था मध्यम रहेको।
९) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ४५ की सुशिला भुजेल दाया खुट्टामा चोट सामान्य।
१०. सहचालक जि.सि.पा. सुनकोशि गा.पा. ३ बस्ने बर्ष १९ को महेश थापा मगर निधारमा सामान्य चोट ।
११.जि. भक्तपुर भ.न.पा. ८ बस्ने बर्ष २४ की रुबिना राउत बाया खुट्टा फ्याक्चर अवस्था मध्यम रहेको।
१२. जि.काभ्रे बनेपा न.पा. १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले दाया आँखा माथि चोट अवस्था सामान्य।

प्रकाशित: १२ चैत २०८० १२:२७ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast