मानव स्रोत विकास केन्द्रले यी चारवटा विषयमा गरायो जानकारी

हिमाल प्रेस ४ पुष २०८० १०:१० | Wednesday, December 20, 2023
मानव स्रोत विकास केन्द्रले यी चारवटा विषयमा गरायो जानकारी

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न चारवटा विषयमा जानकारी गराएकाे छ।

केन्द्रले विद्यालय शिक्षासम्बन्धी गतिविधि, सूचीकृत हुने सम्बन्ध, विवरण उपलब्ध र कक्षा १–३ का पढाइ तथा गणित विषयका थप सिकाइ सामग्री छपाइ तथा वितरण गर्ने विषयमा सूचित गराएको हो।

केन्द्रले गोरखापत्रमार्फत सूचना जारी गर्दै संस्थागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न कार्यका लागि प्राविधिक एवं आर्थिक प्रस्ताव पेस गर्न अनुरोध गरेको छ।

त्यसैगरी सामुदायिक विद्यालयका कर्मचारीको समायोजन तथा तलबसम्बन्धी, अपाङ्गताको प्रारम्भिक पहिचानसम्बन्धी, पाठ्यक्रम मूल्याङ्कनसम्बन्धी, टेलिभिजनबाट श्रव्यदृश्य पाठ प्रसारणसम्बन्धी, दिवा खाजाको रकम दुरुपयोगसम्बन्धी र सिकाइ सामग्री छपाइ तथा वितरण र एकीकृत पाठ्यक्रमसम्बन्धी कष्टमाज्ड तालिम सम्बन्धमा सूचित गरेको हो।

केन्द्रको योजना तथा अनुगमन शाखाले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाई पत्र पठाउँदै विवरण माग गरेको छ।

शाखाले आर्थिक वर्ष २०८०/८१ को मा विनियोजित बजेटमा हलुका सवारी चालक र कार्यालय सहयोगीको बजेट उपशीर्षक नम्बर र क्रियाकलाप नम्बर फरक परी तलबभत्ता निकासामा समस्या परेको भए तोकिएको ढाँचाअनुसार सात दिनभित्र योजना तथा अनुगमन शाखाको इमेल ठेगाना उपलब्ध गराउन अनुरोध गरेको छ।

त्यस्तै केन्द्रकै अनुसन्धान तथा गुणस्तर सुधार शाखाले केन्द्रको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको अनुसन्धान कार्य परामर्श सेवाबाट गराउनुपर्ने भएको हुँदा आवश्यक कागजातसहित केन्द्रको आन्तरिक प्रशासन शाखाअन्तर्गत भण्डार शाखामा पुस १३ गतेभित्र पेस गरी सूचिकृत हुन इच्छुक संघसंस्थाको जानकारीका लागि अनुरोध गरेको छ।

विद्यालय कर्मचारीले रोकिएको तलब पाउने

हेर्नुहोस् अनिवार्य अवकाश हुने शिक्षकको जिल्लागत नामावली

छात्रवृत्ति र खाजाको रकम शिक्षकको तलबमा खर्च नगर्न चेतावनी

प्रकाशित: ४ पुष २०८० १०:१० | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast