छात्रवृत्ति र खाजाको रकम शिक्षकको तलबमा खर्च नगर्न चेतावनी

हिमाल प्रेस १ पुष २०८० ११:२२
4.4k
SHARES
छात्रवृत्ति र खाजाको रकम शिक्षकको तलबमा खर्च नगर्न चेतावनी

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाका लागि पठाइएको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च नगर्न चेतावनी दिएको छ।

सःसर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्नेमा निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएपछि केन्द्रले यस्तो चेतावनी दिएको हो।

केन्द्रले आइतबार देशभरका सामुदायिक विद्यालयका लागि सूचना प्रकाशित गर्दै भनेको छ,‘केही विद्यालयले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च गरेको जानकारी आएकाले यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ।’

छात्रवृत्ति, दिवा खाजा र निःल्क पाठ्यपुस्तकलगायत विभिन्न शीर्षकभन्दा बाहिर गई त्यस्तो रकम शिक्षकलाई तलबभत्तामा भुक्तानी दिने कार्य कानुन र स्वीकृत आधार तथा मापदण्डविपरीत हुने केन्द्रको भनाइ छ। केन्द्रले जुन शीर्षकमा रकम प्राप्त भएको हो सोही शीर्षकमा खर्च पनि आग्रह गरेको छ।

इटहरीका स्कुलमा दिवा खाजा : तीन केस्रा सुन्तला, एक टुक्रो स्याउ र आधा कोसो केरा!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =