शिक्षकको जिल्लान्तर सरुवा प्रक्रिया अघि बढ्यो

हिमाल प्रेस ६ असोज २०८३ ११:०८ | Tuesday, September 22, 2026
168
SHARES
शिक्षकको जिल्लान्तर सरुवा प्रक्रिया अघि बढ्यो

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँले जिल्लान्तर सरुवाका लागि प्राथमिकतामा परेका दुई शिक्षकको नाम सार्वजनिक गर्दै तीन दिनभित्र दाबी विरोध पेस गर्न आग्रह गरेको छ।

एकाइले साेमबार सूचना जारी गर्दै शिक्षा नियमावली (दशौं संशोधन) को नियम ९९ अनुसार रिक्त दरबन्दीमा जिल्लान्तर सरुवाका लागि प्रकाशित विज्ञापनमा आवेदन दिएका शिक्षकहरूको प्राथमिकता निर्धारणपछि सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय, शिक्षा विकास तथा समन्वय एकाइको सरुवा सहमति तथा दुवै पालिकाको सहमति प्राप्त भएकाले सरुवा प्रक्रियालाई अगाडि बढाइएको जनाएको छ।

सूचनाअनुसार चन्द्रागिरी नगरपालिकास्थित कंकाली माध्यमिक विद्यालयको माध्यमिक तह नेपाली विषयमा दिलबहादुर तामाङ प्राथमिकतामा परेका छन्। उनी निवेदक संख्या २७ हुन्।

यस्तै, शंखरापुर नगरपालिकास्थित चाँपाबोट माध्यमिक विद्यालयको निम्न माध्यमिक तह नेपाली विषयमा सीता विक प्राथमिकतामा परेकी छन्। उनी निवेदक संख्या ६ हुन्।

एकाइ प्रमुख सुरेश कुमार जोशीले प्रकाशित सूचनामा सरुवा प्रक्रियामाथि कुनै दाबी विरोध भए सप्रमाण तीन दिनभित्र एकाइमा निवेदन पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: ६ असोज २०८३ ११:०८ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast