शिक्षा ऐन र शिक्षकका मागबारे कांग्रेस संसदीय दलसँग शिक्षक संघको छलफल

हिमाल प्रेस ५ साउन २०८३ १०:१२ | Tuesday, July 21, 2026
1.6k
SHARES
शिक्षा ऐन र शिक्षकका मागबारे कांग्रेस संसदीय दलसँग शिक्षक संघको छलफल

काठमाडौँ- नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा समसामयिक विषयमा नेपाली कांग्रेस संसदीय दलका नेताहरूसँग छलफल गरेका छन्। उक्त छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित शिक्षकहरू पनि उपस्थित थिए।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पन्न छलफलमा नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच विगतमा भएका सहमतिहरू कार्यान्वयन, शिक्षा ऐन जारी गर्ने प्रक्रिया, मन्त्रिपरिषद्को नौबुँदे निर्णय कार्यान्वयन, संशोधित शिक्षा नियमावली, बालशिक्षाका शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूमाथि भइरहेको विभेद अन्त्यलगायत विषयमा विस्तृत छलफल भएको अध्यक्ष गिरीले जानकारी दिए।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, राष्ट्रिय सभा दलका नेता कमला पन्त, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतक वासना थापा र पदम परियार, सांसद प्रमिला गच्छदार तथा धर्मेन्द्र पासवान लगायतको सहभागिता रहेको थियो।

अध्यक्ष गिरीले शिक्षक समुदायका जायज माग सम्बोधन गर्न आवश्यक पहल गर्ने विषयमा सांसदहरूसँग सकारात्मक छलफल भएको उल्लेख गर्दै सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित: ५ साउन २०८३ १०:१२ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast