पार्टीलाई सशक्त बनाउँछु भन्दै शिक्षामन्त्रीले घोषणा गरे केन्द्रीय सदस्यको उम्मेदवारी

हिमाल प्रेस ८ असार २०८३ १६:२१ | Monday, June 22, 2026
38
SHARES
पार्टीलाई सशक्त बनाउँछु भन्दै शिक्षामन्त्रीले घोषणा गरे केन्द्रीय सदस्यको उम्मेदवारी

काठमाडौँ- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराउँदै पार्टीका नेताकार्यकर्ता तथा प्रतिनिधिहरूसँग विश्वास र समर्थनको अपेक्षा गरेको बताएका छन्।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। यही क्रममा विभिन्न पदका लागि उम्मेदवारी दर्ता हुने क्रम जारी रहेको छ।

प्रकाशित: ८ असार २०८३ १६:२१ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast