कायम गरियो विद्यालय सहायक कर्मचारी र सहयोगीको अवकाश उमेर

हिमाल प्रेस २७ जेठ २०८३ ११:०२ | Wednesday, June 10, 2026
352
SHARES
कायम गरियो विद्यालय सहायक कर्मचारी र सहयोगीको अवकाश उमेर

काठमाडौँ- सर्लाहीस्थित शिक्षा विकास तथा समन्वय एकाइले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी (लेखापाल) तथा विद्यालय सहयोगीहरूको अवकाश उमेर ६० वर्ष कायम गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ।

एकाइ प्रमुख मित्रप्रसाद गौतमद्वारा जारी पत्रमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा शाखाबाट प्राप्त निर्देशन तथा सर्वोच्च अदालतको आदेशअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको हो।

पत्रअनुसार रिट निवेदक पुरन भगत बरै तथा विपक्षी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमेत रहेको उत्प्रेषणसमेत नं. ०७९-WO-०८८० को मुद्दामा सर्वोच्च अदालतले २०८२ पुस २८ गते विद्यालय कर्मचारी (विद्यालय सहायक कर्मचारी/लेखापाल तथा विद्यालय सहयोगी) को अवकाश उमेर हद ६० वर्ष कायम गरी कार्यान्वयन गर्न आदेश जारी गरेको थियो।

उक्त आदेश तथा शिक्षा मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम सर्लाही जिल्लाभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी, लेखापाल तथा विद्यालय सहयोगीहरूको अवकाश उमेर ६० वर्ष कायम गरी सोहीअनुसार कार्यान्वयन गर्न स्थानीय तह तथा विद्यालयहरूलाई अनुरोध गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइले सम्बन्धित सबै निकायलाई अदालतको आदेश र मन्त्रालयको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित: २७ जेठ २०८३ ११:०२ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast