पठनपाठनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो पत्र

हिमाल प्रेस ७ जेठ २०८३ १०:३६ | Thursday, May 21, 2026
32
SHARES
पठनपाठनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो पत्र

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा देशभरका विद्यालयमा कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्न निर्देशन दिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले बुधबार शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै मन्त्रालयको निर्णयअनुसार कक्षा ११ को अध्ययन अध्यापन असार १ गतेबाट सञ्चालन गर्न आवश्यक सूचना प्रवाह तथा समन्वय गर्न आग्रह गरेको हो।

केन्द्रका शाखा अधिकृत शान्ती बिष्टद्वारा हस्ताक्षरित पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारको जेठ ४ गतेको पत्रअनुसार उक्त व्यवस्था गरिएको उल्लेख छ।

केन्द्रले देशभरका स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा सबै विद्यालयलाई सोहीबमोजिम कार्यान्वयन गर्न निर्देशन दिएको छ।

एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी भर्ना प्रक्रिया र नयाँ शैक्षिक सत्रको तयारीलाई व्यवस्थित बनाउन कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ जेठ २०८३ १०:३६ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast