अस्थायी शिक्षक कर्मचारी महासंघ गठन, संयोजकमा विष्णु खत्री

हिमाल प्रेस १३ वैशाख २०८३ १३:०३ | Sunday, April 26, 2026
306
SHARES
अस्थायी शिक्षक कर्मचारी महासंघ गठन, संयोजकमा विष्णु खत्री

काठमाडौँ- अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई एकीकृत गर्ने उद्देश्यसहित ‘नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ’ गठन गरिएको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिको आयोजनामा शनिबार सम्पन्न बृहत् राष्ट्रिय भेलाले विष्णु खत्रीको संयोजकत्वमा महासंघको तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

करिब ४०० जना अस्थायी शिक्षक तथा कर्मचारीको सहभागिता रहेको भेलाको अध्यक्षता स्वयं खत्रीले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव जीवन तिमल्सिनाले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बद्रीप्रसाद खतिवडाले अस्थायी शैक्षिक जनशक्तिलाई एउटै मोर्चामा उभ्याउने कदम ऐतिहासिक भएको बताए। उनले नयाँ शिक्षा ऐनमार्फत स्थायित्व, पेसागत सुरक्षा र सम्मान सुनिश्चित गर्न एकीकृत आवाज आवश्यक रहेको धारणा राखे।

विशिष्ट अतिथि खेमराज अधिकारीले विगतमा अस्थायी शिक्षक कर्मचारीको आवाज विभाजित हुँदा कमजोर बनेको उल्लेख गर्दै अब महासंघमार्फत साझा एजेण्डाका साथ सरकारसँग सशक्त संवाद गर्नुपर्ने बताए।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर साहीले अस्थायी शिक्षकको योगदान राज्यले स्वीकार गर्दै न्यायोचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले अस्थायी जनशक्तिको दीर्घकालीन समाधान शिक्षा ऐनबाटै आउने बताए।

भेलामा नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्णकुमारी थापा, साविक उमावि सहअध्यक्ष विष्णु दौल्याल, शिक्षण सिकाइ अनुदानका कार्यवाहक शंकर जिसी, अस्थायी करार अध्यक्ष शिवप्रसाद आचार्यलगायतले पनि आफ्नो धारणा राखेका थिए।

भेलाले राहत, साविक उच्च माध्यमिक, बालविकास, शिक्षण सिकाइ अनुदान, पालिका तथा नगरपालिका अनुदान, प्रदेश अनुदान, विशेष कक्षा, प्राविधिक धार, अस्थायी करार, विद्यालय कर्मचारी तथा निजी स्रोतसमेत गरी ११ घटक समेटिएको तदर्थ समिति गठन गरेको जनाएको छ।

प्रारम्भिक रूपमा ३१ सदस्यीय संरचना रहेको समितिलाई विस्तार गरी ५१ सदस्यीय बनाइने र बाँकी सदस्यहरू आगामी बैठकबाट मनोनयन गरिने जानकारी दिइएको छ।

तदर्थ समितिमा जीवन तिमल्सिना, घनबहादुर राना, शिवप्रसाद आचार्य, विष्णु दौलिया, सरोज ढकाल, शंकर जिसी, लिला बिक, अमित कुमार सिंह, नन्दबहादुर थापा, ढकबहादुर खड्का, घुर्वकुमार मण्डल, हेमन्तबहादुर सिंह, लोकबहादुर दर्जी, रामचन्द्र रूपाखेती, हरिबहादुर श्रेष्ठ, इन्द्रजीत देवकोटा, भूपि सरोवर, रविन सापकोटा, निरव ढकाल, विष्णुमाया तिमल्सिना, कलिष्टर यादव, लालबहादुर श्रेष्ठ, हेम दियाली, मनोज पटेल, चन्द्रसिंह धले, साबिर अहमद अन्सारी, मनोज चौरसिया र सुशीलराज केसीलगायत रहेका छन्।

प्रकाशित: १३ वैशाख २०८३ १३:०३ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast