शिक्षक महासंघको बैठक सम्पन्न, सरकारलाई सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय

हिमाल प्रेस १४ वैशाख २०८३ ११:२६ | Monday, April 27, 2026
458
SHARES
शिक्षक महासंघको बैठक सम्पन्न, सरकारलाई सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा समसामयिक शैक्षिक विषयमा छलफल गर्दै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय गरिएको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बैठकपछि दिएको जानकारीअनुसार शिक्षा क्षेत्रका महत्वपूर्ण मुद्दाहरू, विद्यार्थी, शिक्षक र अभिभावकमैत्री विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो।

उनले विगतमा भएका सहमति कार्यान्वयन नहुँदा शिक्षा क्षेत्रमा अन्योल बढेको भन्दै तत्काल कार्यान्वयनका लागि सरकारलाई दबाब सिर्जना गर्ने रणनीति बनाइएको बताए।

बैठकले शिक्षा ऐन निर्माण गर्दा सरोकारवाला सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिएको छ। शिक्षा प्रणालीलाई थप प्रभावकारी, व्यवहारिक र समयानुकूल बनाउन आवश्यक सुधारका विषयमा पनि छलफल भएको जनाइएको छ।

महासंघले सरकारसँग सहकार्य गर्दै शिक्षा क्षेत्रका समस्या समाधान गर्न तयार रहेको जनाउँदै आवश्यक परे शान्तिपूर्ण, संयमित पक्षीकरण तथा आन्दोलनका कार्यक्रमसमेत अघि बढाउन सकिने संकेत दिएको छ।

प्रकाशित: १४ वैशाख २०८३ ११:२६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast