द्विअर्थी गीतबाट शिक्षकको अपमान गर्दै प्रियंका-दुर्गेश, शिक्षक महासंघले दियो चेतावनी

हिमाल प्रेस १ साउन २०८३ ९:०१ | Friday, July 17, 2026
40
SHARES
द्विअर्थी गीतबाट शिक्षकको अपमान गर्दै  प्रियंका-दुर्गेश, शिक्षक महासंघले दियो चेतावनी

काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक (प्रोमोशनल) सामग्रीका रूपमा सार्वजनिक गरिएको दुर्गेश थापा र प्रियंका कार्कीको अभिनय रहेको तथा बबिना किराँती र दुर्गेशकै स्वर रहेको ‘मास्टर्नी’ गीतप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अपमानजनक शब्द र भाव प्रयोग गरिएको भन्दै त्यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर असर परेको जनाएको हो।

महासंघले सार्वजनिक सामग्री तुरुन्त सच्याउन र आपत्तिजनक अंश हटाउन सम्बन्धित पक्षसँग माग गरेको छ। उक्त गीत यथावत् प्रसारण वा प्रदर्शन भए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी फिल्म निर्माता र सम्बन्धित कलाकारहरूले लिनुपर्ने चेतावनीसमेत दिएको छ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक समुदायको सम्मानमा आँच पुग्ने कुनै पनि सामग्री स्वीकार्य नहुने उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।

शिक्षक पेसाको गरिमा जोगाउन सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

प्रकाशित: १ साउन २०८३ ९:०१ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast