विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्

हिमाल प्रेस २७ फागुन २०८१ ८:५७
100
SHARES
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्

काठमाडौँ- केही दिनयता नेकपा एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीबीच सामाजिक सन्जालमा बकयुद्ध चलिरहेको छ।

शाही राजतन्त्रको पक्षधरता देखाउँदै रिमालमाथि खनिदैछन् भने रिमाल वर्तमान व्यवस्थाको बचाउ गर्दै शाहीमाथि खन्निरहेका छन्। गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गर्दा भारतीय नेताको तस्बिर देखिएको विषयमा रिमालले प्रश्न गरेपछि सुरु भएको बकयुद्ध अझै चलिरहेको छ।

आज मात्रै पनि रिमालले सामाजिक सन्जालमा ‘लोकतन्त्र र न्यूटनका बिरालाको कथा!’ सुनाउँदै राजावादीप्रति कटाक्ष गरेका थिए। उनले ‘लोकतन्त्र हुकमी शासन हैन न त यो, जन्म र वंशको आधारमा बनेका अयोग्य शासकले टीका लगाएर प्रतिनिधि तोकिने प्रणाली हो।’ भनेका थिए। यसको प्रतिउत्तरमा राप्रपा नेता शाहीले यो व्यवस्था ‘व्यक्तिहरुलाई लुटी खाने भाँडो भयो’ भनेका थिए।

उनले देशमा लुटतन्त्र मच्चाउने धन्दा भएको आरोप लगाउँदै दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउन रिमाललाई अनुरोध गरेका थिए। यत्तिकैमा शाहीले रिमाललाई भनेका छन्,‘तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडाध्यक्षको तयारी गर्नुस्।’

प्रकाशित: २७ फागुन २०८१ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast