दमनकारी र अत्याचारी शासकको अन्त्य हुन्छ : ओली

हिमाल प्रेस २८ भदौ २०८३ १७:५४ | Sunday, September 13, 2026
दमनकारी र अत्याचारी शासकको अन्त्य हुन्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्।

नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको र जनताका हक अधिकारलाई लिएर लडाईंको मैदानमा उभिइरहेको बताए।

उनले स्वतन्त्रताको पक्षमा उभिएकाहरुलाई अहिलेका शासकहरूले पनि बुझ्नुपर्ने भन्दै ‘अरु अप्ठेरोमा पर्दा रमाउँछ त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुने’ बताए।

कार्यदलले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए।

उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने वताए। अहिलेको सरकार छापामार नभइ ‘छापा–मार’ सरकार जस्तो देखिएको कारण सञ्चारमाध्यमलाई अप्ठ्यारो परेको उनले वताए।

आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे।

उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्व कहिल्यै नघट्ने बताए।

प्रकाशित: २८ भदौ २०८३ १७:५४ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast