‘अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्छ’

हिमाल प्रेस २९ असोज २०८३ १८:०६ | Thursday, October 15, 2026
6
SHARES
‘अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताए।

लोकतन्त्रलाई अलोकतान्त्रिक ढंगले हुत्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए।

सरकारमा रहनेहरु जनताप्रति जिम्मेवार हुनुपर्ने भन्दै ओलीले एमाले नेतृत्वको सरकारले अशक्तता भएका, शारीरिक रूपमा अपाङ्गता भएका, असहाय, बेसहारा र ज्येष्ठ नागरिकहरूको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरे।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्नका लागि पहिले जनताको दुःख निवारण गर्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष ओलीले जनताको दुःख निवारणका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने बताए।

प्रकाशित: २९ असोज २०८३ १८:०६ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast