लोकतन्त्र स्थापनामा योगदान पुर्‍याएका दललाई सरकारले बेवास्ता गर्‍यो : महासचिव पोखरेल

हिमाल प्रेस २७ असोज २०८३ ११:४९ | Tuesday, October 13, 2026
8
SHARES
लोकतन्त्र स्थापनामा योगदान पुर्‍याएका दललाई सरकारले बेवास्ता गर्‍यो : महासचिव पोखरेल नेकपा (एमाले) का महासचिव शंकर पोखरेल

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्यमान्यतालाई पूर्णरूपमा आत्मसात गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङद्वारा मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका प्रतिपक्ष दललाई सरकारले बेवास्ता गरेको आरोप लगाए।

पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन २१ मा जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावनाअनुरुप काम गर्नुपर्नेमा अलमलिएको धारणा व्यक्त गरे।

कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य र कोमल वली, पार्टी जिल्ला अध्यक्ष शिवकुमार आचार्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम डाँगीलगायत सहभागी थिए।

यसैबीच, त्यस अवसरमा जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको स्वागत एवं सम्मानसमेत गरिएको थियो।

प्रकाशित: २७ असोज २०८३ ११:४९ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast