एमालेले तोक्यो स्थानीय तहका कमिटीको अधिवेशन मिति

हिमाल प्रेस २२ असोज २०८३ १७:३६ | Thursday, October 8, 2026
10
SHARES
एमालेले तोक्यो स्थानीय तहका कमिटीको अधिवेशन मिति

काठमाडौँ- नेकपा (एमाले) ले पार्टीको स्थानीय तह अन्तर्गतका कमिटीको अधिवेशन मिति तय गरेको छ

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।

बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गरिन्।

बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

उनका अनुसार भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।

स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले जानकारी दिए।

यसैगरी, मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुभएकी जैनब खातुनको निधनपछि रिक्त भएको स्थानमा समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको प्रचार विभाग प्रमुख आचार्यले बताए।

बैठकले पार्टीका १३ जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी सम्बन्धित संगठन कमिटीमा रुपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय गरेको छ। स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ।

प्रकाशित: २२ असोज २०८३ १७:३६ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast