यूईएफए च्याम्पियन्स लिग : पीएसभीमाथि रियालको सानदार जित

हिमाल प्रेस ९ मंसिर २०८३ ९:३६ | Wednesday, November 25, 2026
यूईएफए च्याम्पियन्स लिग : पीएसभीमाथि रियालको सानदार जित

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडले पीएसभीमाथि ५–१ को शानदार जित निकालेको छ । गए राति भएको खेलमा जुड बेलिङहम, किलियन एम्बाप्पेले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल गर्दै रियाललाई सानदार जित निकाल्न सफल भएका हुन्।  पहिलो हाफमा रियालमाथि पीएसभीले दबाब बढाउँदै गोल गरेको थियो। इभान पेरिसिचको पेनाल्टी गोलमार्फत पीएसभीले अग्रता लिएको थियो। तर त्यो अग्रता दोस्रो हाफसम्म टिक्न सकेन।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै भाल्भेर्देले उत्कृष्ट टिम मुभमार्फत गोल गर्दै रियाललाई बराबरीमा ल्याए। त्यसपछि बेलिङहमले बक्स बाहिरबाट बल उचाल्दै शानदार भली प्रहारमार्फत गोल गरे र रियाललाई अग्रता दिलाए ।

आर्दा गुलेरको पासमा एम्बाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियालको तेस्रो गोल गरे । त्यसपछि गोलकिपरलाई छलाउँदै उनले व्यक्तिगत दोस्रो तथा टोलीको चौथो गोल थपे ।

खेलको अन्त्यतिर बेलिङहमको उत्कृष्ट पासमा भिनिसियसले गोल गर्दै रियालको ५-१ को जित सुनिश्चित गरे । भिनिसियसले अगस्टपछि रियालका लागि पहिलो गोल गरेका हुन् ।

प्रकाशित: ९ मंसिर २०८३ ९:३६ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast