च्याम्पियन्स लिग : लिलविरुद्ध आर्सनलको जित

हिमाल प्रेस २८ असोज २०८३ ९:१८ | Wednesday, October 14, 2026
च्याम्पियन्स लिग : लिलविरुद्ध आर्सनलको जित

काठमाडौँ- इंग्लिस क्लब आर्सनलले यूईएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई दोस्रो खेलसम्म जारी राखेको छ ।

आर्सनलले मंगलबार फ्रेन्च क्लब लिलविरुद्ध ३–० को सहज जित निकालेको छ । इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन जुरियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले सात मिनेटभित्र तीन गोल गरेको थियो ।

खेलको ६४औँ मिनेटमा टिम्बरको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । तीन मिनेटपछि नै एजेले टोलीको अग्रता दोब्बर बनाए ।

साकाले ७१औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।

लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित लिल ३२औँ स्थानमा छ ।

प्रकाशित: २८ असोज २०८३ ९:१८ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast