काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य १० ग्रामको ३ हजार ७३४ रुपैयाँ कायम भएको छ।
प्रकाशित: २७ असोज २०८३ ११:०५ | Tuesday, October 13, 2026
प्रतिक्रिया




