भुवनराज भट्ट
काठमाडौँ- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (युवातर्फ सुदूरपश्चिम) को मतगणनामा भुवनराज भट्टले अग्रता कायम गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म ३९०० मत गणना गर्दा भट्टले २०६४ मत ल्याउँदा धिरज शाही ३६०, भरत वडायर जोशी ४२६, योगेन्द्र रावल ५१८ र सन्तोष खड्का ४१० मत ल्याएका छन्।
केन्द्रीय सदस्य (युवातर्फ सुदूरपश्चिम) एक पदका लागि भएको निर्वाचनमा ५ जना उम्मेदवार थिए। मतगणना जारी छ।
प्रकाशित: २७ असोज २०८३ १०:१४ | Tuesday, October 13, 2026
प्रतिक्रिया




