खगेन्द्रलाई औपचारिक कार्यक्रममा सहभागी जान रास्वपाको रोक, अनुसन्धान गर्न निर्देशन

हिमाल प्रेस २७ असोज २०८३ ९:०७ | Tuesday, October 13, 2026
8
SHARES
खगेन्द्रलाई औपचारिक कार्यक्रममा सहभागी जान रास्वपाको रोक, अनुसन्धान गर्न निर्देशन

काठमाडौँ- गम्भीर आरोपमा मुछिएपछि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रम जान रोक लगाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पदीय हैसियतले सार्वजनिक कार्यक्रम जान रोक लगाएको हो। साथै उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुऱ्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ।

साथै, राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

कानुनभन्दा माथि कोही पनि हुँदैनु भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।

प्रकाशित: २७ असोज २०८३ ९:०७ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast