काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गर्मीको समयमा विद्युत् आपूर्ति सहज बनाउन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गर्मीले प्रभावित तराईका जिल्लामा विद्युत् कटौती हुँदा जनजीवन कष्टकर बन्ने हुँदा विद्युत् आपूर्ति सहज बनाउनुपर्ने बताएका हुन् ।
‘गर्मीले गरिब, निमुखा र तल्लो वर्गका मानिसको जीवन कठिन बनेको छ’, सुनारले भने, ‘अर्कोतर्फ विद्युत् आपूर्ति असहज हुँदैगर्दा झन् ठूलो समस्या थपिएको छ । ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्था गराउन सकिन्छ भने म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– गर्मीको समयमा हुने विद्युत्को समस्या समाधान हो ।’
प्रकाशित: १२ जेठ २०८३ १३:१८ | Tuesday, May 26, 2026
प्रतिक्रिया




