२१ सयले घट्यो सुनको भाउ, कति छ चाँदी?

हिमाल प्रेस २६ असोज २०८३ १०:५९ | Monday, October 12, 2026
6
SHARES
२१ सयले घट्यो सुनको भाउ, कति छ चाँदी?

काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको छ।

आइतबार सुनको मूल्य ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो। सोमबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ थियो।

प्रकाशित: २६ असोज २०८३ १०:५९ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast