काठमाडौँ- सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको छ। सोमबार ५ हजार रुपैयाँले घटेर सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो ।
आइतबार ७०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेर ४ हजार ६५५ रुपैयाँ थियो ।
प्रकाशित: १३ असोज २०८३ ११:१९ | Tuesday, September 29, 2026
प्रतिक्रिया



