काठमाडौँ- देशका तीन प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दो क्रममा रहेको कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको मौसमविद्ले जनाएका छन्।
बागमती र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान महाशाखाको छ। केही ठाउँमा असिना, मेघगर्जन र चट्याङको सम्भावना छ।
प्रकाशित: २९ कार्तिक २०८३ ६:२३ | Sunday, November 15, 2026
प्रतिक्रिया



