काठमाडौँ- सुनको भाउमा थप गिरावट आएको छ। सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा २ हजार ९ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ९१ हजार ९ सयमा झरेको थियो। यसअघि शुक्रबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको थियो।
आज चाँदीको मूल्य पनि पनि तोलामा ६० रपैयाँ घटेर ४ हजार ३ सय ३० रुपैयाँमा झरेको छ।
प्रकाशित: १९ असोज २०८३ ११:२७ | Monday, October 5, 2026
प्रतिक्रिया



