काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ।
गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ कामय भएको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ९४ हजार ८०० रुपैयाँ थियो ।
आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँ थियो ।
प्रकाशित: १८ असोज २०८३ १०:५७ | Sunday, October 4, 2026
प्रतिक्रिया



