‘कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेको छैन’

हिमाल प्रेस २९ असोज २०८३ १६:४० | Thursday, October 15, 2026
‘कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेको छैन’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्।

बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुरानो कानूनमा काम गर्नुपर्दा नीतिगत अडचनहरू देखा परेको र कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी हुन्।

उनले कानून निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहे पनि सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरू पनि अस्वीकृत भएको अवस्थामा, सदनमा छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन्।

सदनमा बहस र छलफल गरेर सत्तापक्ष र प्रतिपक्ष मिलेर कानून निर्माणको प्रक्रियालाई अझ परिमार्जित बनाउनुपर्ने उनको भनाइ छ।

उनले कानून निर्माणका लागि हुने छलफलको समय बढाउनुपर्ने धारणा राखिन्। सामान्यतया २-३ मिनेटमा हतारहतार विषय टुंग्याउने वा एकै दिनमा ४-५ वटा विधेयकहरूमा सतही छलफल गर्ने परिपाटीले पर्याप्त बहस हुन नसक्ने उनको भनाइ छ।

प्रकाशित: २९ असोज २०८३ १६:४० | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast