सुशासनको सवालमा सरकार असफल देखिएको छ : खुश्बु ओली

हिमाल प्रेस १६ असोज २०८३ १९:१३ | Friday, October 2, 2026
सुशासनको सवालमा सरकार असफल देखिएको छ : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन्।

शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले महँगी र कालाबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गरेकी हुन्।

उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई खाद्यान्न तथा ग्यास आपूर्तिका कारण दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको बताइन्।

त्यस्तै उनले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता र लक्ष्य पूरा गर्न नसकेको आरोप लगाइन्।

सरकारले सुशासनको धज्जी उडाएको र प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर कम्पनीका सीईओ नियुक्ति प्रकरण जस्ता घटनाले सरकारको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको उनले बताइन्।

साथै उनले प्रधानमन्त्रीले संसद्लाई पूर्ण रूपमा उपेक्षा गरेको, संसदीय नियमावली अनुसार संसद्मा उपस्थित भएर जबाफ नदिएको र संसद् छलेर अध्यादेश ल्याउने जस्ता गैर–लोकतान्त्रिक अभ्यास गरेको बताइन्।

प्रकाशित: १६ असोज २०८३ १९:१३ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast