काठमाडौँ- सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। मंगलबार दिउँसो अन्दाजी १७:०० बजेको समयमा जिल्ला सर्लाही, बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो।
२०८० असार १० मा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा परेको नेपाल प्रहरीले जनाएको छ।
उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो। सर्लाही जिल्ला अदालतबाट मिति २०८३-०६-१६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय गाउँपालिका अध्यक्ष रायलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।



