काठमाडौँ- जुवाको खालबाट भक्तपुर, रुकुम पश्चिम र सुनसरी जिल्लाबाट २३ जना पक्राउ परेका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरेसमेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख ३६ हजार १०० र ६ बुक ताससहित पक्राउ गरेको हो।
रुकुम पश्चिम, चौरजहारी नगरपालिका-२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय दीपक नेपालीसमेत तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ९९० र एक बुक ताससहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङसमेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु पाँच लाख ९२ हजार ५०० र १२ बुक ताससहित पक्राउ गरेको छ।



