२७ वर्षदेखि गाउँमा शिक्षाको ज्योति फैलाउँदै चन्द्रोदय पुस्तकालय

हिमाल प्रेस २७ कार्तिक २०८३ १२:४२ | Friday, November 13, 2026
२७ वर्षदेखि गाउँमा शिक्षाको ज्योति फैलाउँदै चन्द्रोदय पुस्तकालय

जनकपुर- विदेह नगरपालिका-८ बफै गाउँको चन्द्रोदय पुस्तकालयले २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति र शैक्षिक चेतना अभिवृद्धि गर्दै शिक्षाको ज्योति फैलाएको छ।

पुस्तकालयको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले ग्रामीण क्षेत्रमा शिक्षा र चेतनाको विकासमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताए।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक सूर्यनारायण मण्डलले आधुनिक प्रविधिको विकाससँगै पुस्तकालयलाई पनि ‘डिजिटाइज’ गर्नुपर्नेमा जोड दिए।

पुस्तकालयका संस्थापक अध्यक्ष ठकुप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष जगदीश साह, स्थानीय शिक्षक ब्रह्मदेव साहले पठन संस्कृतिबाट युवापुस्ता विमुख भएकामा चिन्ता व्यक्त गरे।

प्रकाशित: २७ कार्तिक २०८३ १२:४२ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast