सुदूरपश्चिम रोयल्स। फाइल तस्बिर।
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजविरुद्ध खराब सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सुरुवाती चार ओभरमै चार विकेट गुमाएको छ। यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले ४ ओभरमा ४ विकेट गुमाएर १५ रन बनाएको छ। अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन्।
काठमाडौँका बलर जहानदाद खान र सन्तोष यादवले सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका छन्। जहानदाद खानको बलमा स्कट कुगेलेइन र विनोद भण्डारी आउट भएका छन्।
त्यस्तै, सन्तोष यादवको बलमा ब्रान्डन म्याकमुलेन र इशान पाण्डे पभेलियन फर्किएका छन्। दोस्रो ओभरमै तीन विकेट गुमाएर ८ रनमा समेटिएको सुदूरपश्चिमले चौथो ओभरसम्म आइपुग्दा थप एक विकेट गुमाएको हो।
सुरुवातमै महत्वपूर्ण विकेट गुमाएको सुदूरपश्चिम दबाबमा परेको छ भने काठमाडौँ गोर्खाजले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ।



