राजासहितको राष्ट्रिय सहमति निर्माण गर्न आवश्यक : लिङ्देन

हिमाल प्रेस २८ भदौ २०८३ १४:४५ | Sunday, September 13, 2026
राजासहितको राष्ट्रिय सहमति निर्माण गर्न आवश्यक : लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको बताए।

उनले विगतमा भएको राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा अशा जाग्न नसकेको उल्लेख गर्दै अब देशले थप द्धन्द र निषेधको राजनीति थेग्न नसक्ने बताए।

अध्यक्ष लिङ्देनले सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने दाबी गरे। आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ।

अध्यक्ष लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधिहरू अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे।

अध्यक्ष लिङ्देनले आफू अध्यक्षमा रहँदा नरहँदा पनि पार्टी र कार्यकताको शिर झुक्ने कुनै काम नगरेको र भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित ढंगले प्रतिस्पर्धा गर्न उनले उम्मेदवारहरूलाई सुझाव दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast