व्यक्तिगत ‘इगो’ साँध्न सरकारले राज्यसत्ता दुरुपयोग गरिरहेको छ : शाही

हिमाल प्रेस १२ असोज २०८३ १८:१४ | Monday, September 28, 2026
व्यक्तिगत ‘इगो’ साँध्न सरकारले राज्यसत्ता दुरुपयोग गरिरहेको छ : शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउप्रति प्रश्न उठाउँदै सरकारले व्यक्तिगत ‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाए।

उनले दुर्गा प्रसाईंलाई समेत पटकपटक पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनको सट्टा जीबी राईलाई पक्राउ गरेको भए जनताको ९ अर्ब फिर्ता हुने धारणा राखे।

व्यक्तिगत प्रतिशोध र स्वार्थमा सरकार यसरी नै अघि बढेमा विगतको केपी शर्मा ओली सरकार र वर्तमान सरकारमा कुनै फरक नहुने उनले बताए।

नेता शाहीले भ्रष्टाचारी र अपराधीलाई प्रमाण र कागजातका आधारमा मात्र कानुनी दायरामा ल्याउन आग्रह गर्दै सुशासनको लडाइँमा सरकारलाई साथ दिने तर ‘इगो’ साँध्न राज्यसत्ताको खेल बन्द गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १२ असोज २०८३ १८:१४ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast