काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफैँले बनाएको मापदण्डविपरीत राजदूत सिफारिस गरेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले परराष्ट्र मन्त्रालयले बनाएको मापदण्डविपरीत विभिन्न देशमा राजदूत सिफारिस गरिएको भन्दै सरकारको आलोचना गरे।
सरकार आफैँले बनाएको मापदण्ड र टीओआर आफैँले किन उल्लंघन ग¥यो भन्दै उनले प्रश्न गरे। उनले यसलाई सुशासन नभई ‘कुशासन’ को संज्ञा दिँदै यस्तो कदम विदेशी दबाब वा अर्बौँको चलखेलका कारण भएको हुन सक्ने आरोप लगाए।
मापदण्डविपरीत गरिएका नियुक्तिहरूबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरे।
प्रकाशित: ५ असोज २०८३ १४:१२ | Monday, September 21, 2026
प्रतिक्रिया


