फाइल तस्बिर
काठमाडौँ- यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन्।
डेमोक्र्याटहरूले गत मंगलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएको छ।
ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भने, ‘गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ‘ठूलो प्रतिगमनतर्फ’ अघि बढाएको छ।
‘अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौँ,’ उनले भने।
रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मबार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने संकेत गरेका छन्।
उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ ‘चिफ अफ स्टाफ’को रूपमा नियुक्त गरेका थिए।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको बिरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।



