फाइल तस्बिर
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा अचानक केही चिज पड्किएको जस्तो ठूलो आवाज आएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगेका हुन्।
घटनाको समयमा खिचिएको फुटेजमा ट्रम्प र अन्य सहभागीहरू टेबलमुनि लुकेको लुकेका थिए। ठूलो आवाज सुनिएलगत्तै सेक्रेट सर्भिस एजेन्टहरूले ट्रम्पलाई घेरेर तत्कालै त्यहाँबाट बाहिर निकालेका थिए। घटनापछि सुरक्षाकर्मीहरूले कार्यक्रम स्थललाई आफ्नो नियन्त्रणमा लिएका छन्।
घटनास्थलमा रहेका एक सुरक्षा अधिकारीका अनुसार त्यहाँ सात देखि आठ गोली चलाइएको थियो। सन्दिग्ध बन्दुकधारी मारिएको हो वा हिरासतमा लिइएको हो भन्ने बारेमा विवादास्पद रिपोर्टहरू आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले केही समय अघि सामाजिक सञ्जालमार्फत बन्दुकधारी पक्राउ परेको उल्लेख गरेका छन् ।




