हिम्लुङ हिमपहिरो : मृतकको संख्या ११ पुग्यो

हिमाल प्रेस १५ असोज २०८३ १५:२३ | Thursday, October 1, 2026
हिम्लुङ हिमपहिरो : मृतकको संख्या ११ पुग्यो फाइल तस्बिर

काठमाडौँ- मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

बिहीबार थप चारवटा शव फेला परेसँगै मृतकको संख्या ११ पुगेको हो। उद्धारकर्ताहरूले बिहीबार थप चार शव फेला परेका हुन्।

नेपाल राष्ट्रिय पर्वत गाइड संघले उद्धार टोलीको नेतृत्व गरिरहेका पासाङ काजी शेर्पालाई उद्धृत गर्दै बिहीबार हिमपहिरो क्षेत्रबाट चारवटा शव संकलन गरिएको जानकारी दिएको छ।

मृतकको परिचय खुल्न नसकेको संघले जनाएको छ।

उद्धारकर्ताले बुधबार तीनवटा शव फेला पारेको थियो। बुधबार फेला पारिएका शवहरूको पहिचान आश गुरुङ, सुरज राई र कलम बुढाको रूपमा भएको थियो।

त्यसैगरी आइतबार र सोमबार दुई–दुईवटा शव फेला परेको थियो। सोमबार बीरेन्द्र गुरुङ र घनश्याम राईको तथा आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

हिमपहिरो गएको क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। संघका अनुसार पर्वतीय गाइडहरू पासाङ काजी शेर्पा र विक्रम कार्कीले पाँच जना अनुभवी पर्वतारोही गाइडहरूको सहयोगमा उद्धार कार्यको नेतृत्व गरिरहेका छन्।

आठ जना पर्वतीय पथप्रदर्शक र १४ जना सहयोगी गरी २२ जना आइतबार गएको हिमपहिरोमा परी बेपत्ता भएका थिए। ७ हजार १२६ मिटर उचाइ रहेको हिम्लुङ हिमाल मनाङ जिल्लाको नार–फु क्षेत्रमा अवस्थित छ।

प्रकाशित: १५ असोज २०८३ १५:२३ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast