यू–१९ एसिया कप : यूएईसँग नेपाल पराजित

हिमाल प्रेस २२ कार्तिक २०८३ २१:३१ | Sunday, November 8, 2026
यू–१९ एसिया कप : यूएईसँग नेपाल पराजित

काठमाडौँ- ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको छ। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो। यूएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ। नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा सात विकेट गुमाएर भेट्टायो।

यूएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे।

बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए।

त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो।

नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे।

बलिङतर्फ यूएईका लागि नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए।

नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्ने छ।

प्रकाशित: २२ कार्तिक २०८३ २१:३१ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast