लिङ्देनको सचिवालयले भन्यो : कमल थापा अझै राप्रपा नेपालका नेता हुन्

हिमाल प्रेस १० भदौ २०८३ ७:१३ | Wednesday, August 26, 2026
लिङ्देनको सचिवालयले भन्यो : कमल थापा अझै राप्रपा नेपालका नेता हुन् पृथ्वी जयन्तीका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापानमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर स्रोत : लिङ्देनको फेसबुक

काठमाडौँ- चुनावअघि एकता गरेका दुई दलबीच अहिले फेरि फाटो उत्पन्न भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावअघि एकता भए पनि अहिले विवाद सतहमा आएको छ। पछिल्लो समय बागमती सरकारमा जाने वा नजाने विषयमा राप्रपामा विवाद छ।

सरकार जान नहुने पक्षमा लिङ्देन थिए भने जान हुने पक्षमा थापा थिए।

लिङ्देनले गरेका प्रत्येक निर्णयको थापाले विरोध पनि थिए। यही कारण लिङ्देनको सचिवालयले थापा अहिले पनि राप्रपा नेता नरहेको बताएको छ।

लिङ्देनका स्वकीय सचिव छत्र खडायतले सामाजिक सन्जालमार्फत कमल थापा अहिले पनि राप्रपा नेपालकै नेता रहेको दाबी गरेका छन्। उनले निर्वाचन आयोगमा अहिले राप्रपा नेपाल नामक पार्टी यथावत् रहेको र त्यसको नेता थापा नै रहेको जिकिर गरेका छन्। यही कारण लिङ्देन र थापाबीच राप्रपामा खटपट भएको छ। राप्रपाको अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापा राप्रपाबाट बाहिरिएका थिए।

चुनाव हार व्यहोरेपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाले हारेको आरोप लगाउँदै बाहिरिएका थिए। तर चुनावताका एकता भन्दै थापा फेरि राप्रपामै मिसिए।

प्रकाशित: १० भदौ २०८३ ७:१३ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast