मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी पुर्जा

हिमाल प्रेस १० मंसिर २०८३ २१:२२ | Thursday, November 26, 2026
4
SHARES
मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी पुर्जा

रुपन्देही- रुपन्देहीको मायादेवी गाउँपालिका-७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

साविक हाटीबगाई गाविस-६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच २०७० मा सम्पन्न भएको थियो।

नापजाँच र नक्सांकनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन।

लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरे। जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो।

प्रमाणपुर्जा प्राप्त भएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ।

प्रकाशित: १० मंसिर २०८३ २१:२२ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast