काठमाडौँ- सुकम्बासी, भूमिहीन अव्यवस्थित बसोबासी स्थलमा क्रूरतापूर्वक डोजर लगाई उठिबास लगाएको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।
विना कुनै विकल्प सरकारले सुकम्बासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफूहरूमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चालगायत विभिन्न संघसंस्थाको अगुवाइमा शुक्रबार प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारका लागि निरन्तर लड्ने चेतावनीसमेत दिएका छन्।
उनीहरुले समाजवादको नारा डोजरको साहारा, विकासको नाममा विस्थापन बन्द गर, घर होइन अन्याय भत्काउ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
साथै उनीहरुले थाल बजाएर सरकारबिरोधी नाराबाजीसमेत गरेका थिए।
प्रकाशित: २५ वैशाख २०८३ १४:१४ | Friday, May 8, 2026
प्रतिक्रिया



