बाढी प्रभावित क्षेत्रमा जाने टोलीलाई ओलीले दिए निर्देशन

हिमाल प्रेस २६ भदौ २०८३ २०:३८ | Friday, September 11, 2026
बाढी प्रभावित क्षेत्रमा जाने टोलीलाई ओलीले दिए निर्देशन

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिए।

उनले विपद् प्रभावित नागरिकलाई तत्काल सहयोग पु¥याउन तथा स्थानीय तह, प्रशासन र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन आग्रह गरे।

एमालेले भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्‍याउन विभिन्न तहमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित: २६ भदौ २०८३ २०:३८ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast